+
+
Shares

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति गर्ने कम्पनीप्रति गृहमन्त्री सुधन असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते ११:३९

१ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती गर्ने चिनियाँ ठेक्का कम्पनीको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उक्त सडक खण्डको स्थलगत अनुगमन गर्ने क्रममा निर्माण कार्यमा भइरहेको ढिलाइ गृहमन्त्री गुरुङले चासो राखेका हुन् । सडक निर्माण कार्यमा भएको ढिलाईले यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित हुनका साथै दुर्घटनाको जोखिम बढेको मन्त्री गुरुङले बताए । चिनियाँ ठेकेदार कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले निर्धारित समयमा काम सक्न निर्देशन दिएका गुरुङले ढिलासुस्ती गरे स्वीकार्य नहुने बताए । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सक्ने प्रतिववद्दता गरेका छन् । मन्त्री गुरुङको निर्देशन पछि निर्माण कम्पनीले समयसीमाभित्रै काम सक्ने प्रतिवद्धता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?