+
+
Shares

एप्पल अपडेट २०२६ : आईओएस २६.५ मा नयाँ फिचरहरू थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते ११:४७

काठमाडौं । एप्पलले हालै आफ्ना विभिन्न अपरेटिङ सिस्टमहरूका लागि २६.४ अपडेट सार्वजनिक गरेको छ ।

यद्यपि, प्रयोगकर्ताहरूले लामो समयदेखि पर्खिरहेको सिरीको नयाँ भर्जन जस्तै अन-स्क्रिन अवयेरनेस र व्यक्तिगत सन्दर्भ बुझ्ने क्षमता भने यसमा समावेश गरिएको छैन।

पछिल्ला हल्लाहरूका अनुसार सिरीमा गरिने ठूला सुधारहरूका लागि प्रयोगकर्ताले आउँदो अटममा सार्वजनिक हुने ‘ओएस २७’ नै कुर्नुपर्ने देखिन्छ ।

आईओएस २६.५ को दोस्रो बिटा संस्करणमा देखिएका मुख्य परिवर्तनहरू

एप्पल म्याप्समा विज्ञापन: आईओएस २६.५ सँगै एप्पलले आफ्नो म्याप्स एपमा विज्ञापनहरू देखाउन सुरु गर्ने भएको छ। दोस्रो बिटा अपडेटमा म्याप्स खोल्दा यसबारे जानकारी दिने ‘पपअप कार्ड’ देखा पर्न थालेको छ ।

नयाँ सब्स्क्रिप्सन विकल्प: एप विकासकर्ताहरूले अब आफ्ना प्रयोगकर्ताका लागि १२ महिनाको प्रतिबद्धतासहितको मासिक भुक्तानी प्रणाली (मन्थ्ली बिलिङ विथ ट्वेल्भ–मन्थ कमिटमेन्ट) अफर गर्न सक्नेछन् ।

‘सजेस्टेड प्लेसेस’ : म्याप्समा एप्पलले ‘सजेस्टेड प्लेसेस’ फिचर थप्दै छ, जसमा पछि पैसा तिरेर राखिएका विज्ञापनहरू (Paid placements) पनि समावेश हुनेछन् ।

आरसीएस इन्क्रिप्सन : एप्पलले एन्ड्रोइड प्रयोगकर्ताहरूसँगको म्यासेज आदानप्रदानका लागि ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ पुनः सुचारु गरेको छ। तर यो सुविधा अन्तिम सार्वजनिक रिलिजमा समावेश हुन्छ वा हुँदैन भन्ने अझै स्पष्ट छैन।

सिरीमा गरिने सुधारहरूका बारेमा एप्पलले सम्भवतः आगामी जुन महिनामा हुने ‘डब्लूडब्लूडीसी’ सम्मेलनमा मात्रै जानकारी दिने अनुमान गरिएको छ ।

हालका लागि, आईओएस २६.५ को सार्वजनिक बिटा परीक्षण गर्न चाहनेहरूले एप्पलको बिटा वेबसाइटमा दर्ता गरेर आफ्नो उपकरणमा यो सफ्टवेयर इन्स्टल गर्न सक्छन्। यसका लागि प्रयोगकर्ताले सेटिङ्सको ‘सफ्टवेयर अपडेट’ खण्डमा गएर ‘बिटा अपडेट्स’ छनोट गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?