+
+
Shares

जितु नेपालको ‘कार्की साइँला’ १ साउनमा आउने, यस्तो छ पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कार्की साइँला' को प्रदर्शन मिति नयाँवर्ष २०८३ को अवसरमा १ साउनबाट तय गरिएको छ।
  • फिल्ममा जितु नेपालले भरियाको भूमिका निभाएका छन् भने प्रियना आचार्य 'मुन्नी'को भूमिकामा छन्।
  • राजेन्द्र बस्नेत निर्देशित फिल्मको छायांकन पूर्वी नेपालका विभिन्न थलोमा गरिएको छ।

काठमाडौं । जितु नेपालको शीर्ष भूमिका रहेको फिल्म ‘कार्की साइँला’ को प्रदर्शन मिति तय भएको छ । नयाँवर्ष २०८३ को अवसरमा निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।

जसअनुसार, यो फिल्म १ साउनदेखि प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा जितुलाई उनको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । उनलाई भरियाको भूमिकामा देखाइएको छ ।

अर्थपूर्ण पोस्टरमा भरिया बनेका जितुले दुःखको पहाडलाई डोकोमा बोकेर हिँडेको देख्न सकिन्छ । जसअनुसार, यो फिल्मको कथावस्तु भरियाको जीवन संघर्ष वरपर हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अर्थपूर्ण पोस्टरमार्फत फिल्मले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्न खोजेको देखिन्छ । यो फिल्ममा जितुको अपोजिटमा प्रियना आचार्य ‘मुन्नी’को अभिनय छ । यसअघि सार्वजनिक तस्वीर हेर्दा, फिल्ममा यी दुई दम्पतीको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

राजेन्द्र बस्नेत निर्देशित यो फिल्मको छायांकन पूर्वी नेपालका विभिन्न थलोमा गरिएको हो । फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय छ ।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रुपमा छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?