News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ वर्ष २०८३ को पहिलो दिन पाँचथरको सुकेपोखरी क्षेत्रमा धेरै मानिसले शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन्।
- सुकेपोखरीमा नयाँ वर्षको अवसरमा फुटबल प्रतियोगिता र मेला आयोजना गरिएको छ र इलाम–पाँचथरबाट आन्तरिक पर्यटकहरू आएका छन्।
- मेची राजमार्गका पौवाभञ्ज्याङदेखि उकालो लागेका सवारी साधन र पैदलयात्रीको भीडले नयाँ वर्षको चहलपहल देखिएको छ।
१ वैशाख, पाँचथर । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज सुकेपोखरी क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् । कोही यहाँको विभिन्न प्राकृतिक सुन्दरतासँगै रमिरहेका छन् । कोही चौरी महोत्सव पुगे भने कोही नजिकका ठाउँहरूमा रमाइरहेका थिए ।
नयाँ वर्षमा धेरै चहलपहल भएकोमध्येको पाँचथरको एक ठाउँ हो सुकेपोखरी क्षेत्र । मेची राजमार्गका पौवाभञ्ज्याङदेखि उकालो लागेका गाडी, बाइकलगायत सवारी साधनको भिड थियो । पैदलयात्री उत्तिकै थिए ।
सुकेपोखरी गुराँस फूलेर सुन्दरदेखिएको छ । नयाँ बर्षको अवसरमा फुटबल प्रतियोगिता र मेला लागेको छ । इलाम–पाँचथरबाट उलेख्य संख्यामा सुकेपोखरीमा आन्तरीक पर्यटक पुगेका थिए । यहाँ आइपुगेकाहरु लोहाकील, पाटेनागी पनि पुगेर रमाइरहेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4