+
+
Shares

फेरि ३ लाख नाघ्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा सुनको भाउ बुधबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • अघिल्लो दिन सुनको भाउ २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ पनि बुधबार प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ।

२ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?