+
+
Shares

एक अनुसन्धानले किन दियो चुम्बन गर्नुअघि आधा गिलास पानी पिउन सुझाव ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलम्बिया विश्वविद्यालयको अध्ययनले सेलियाक रोगीलाई चुम्बनअघि पानी पिउन सुझाव दिएको छ ताकि ग्लुटेन संक्रमणबाट बच्न सकियोस्।

जब कसैलाई साँचो माया गर्नुहुन्छ, तपाईं उसका लागि जे पनि गर्न तयार हुनुहुन्छ । तपाईं सबै कुरा बिर्सनुहुन्छ र विभिन्न तरिकाले आफ्नो प्रेम व्यक्त गर्नुहुन्छ ।

यसमा आफ्नो पार्टनरलाई चुम्बन गर्ने कुरा पनि पर्छ । एउटा भनाइ छ– प्रेमले तपाईंलाई सबै कुरा बिर्साउँछ । तर, २०२६ को एक नयाँ अध्ययनले माया व्यक्त गर्नुअघि सबै कुरा बिर्सिए पनि पानी पिउन नबिर्सन सुझाव दिएको छ ।

यो कसैको प्रेमलाई बाधा पुर्‍याउन दिइएको सुझाव होइन, बरू हानिकारक रसायनको प्रसारबाट बच्न सुझाइएको एक उपाय हो । त्यो पनि सबैलाई होइन, एक खास स्वास्थ्य समस्या भएका व्यक्तिका लागि ।

सेलियाक रोगीहरूलाई चाहिन्छ चुम्बनअघि पानी 

कोलम्बिया विश्वविद्यालयमा हालै गरिएको एक अध्ययनले चुम्बनमार्फत ग्लुटेन एक व्यक्तिबाट अर्को व्यक्तिमा स्थानान्तरण हुन्छ कि हुँदैन भनेर परीक्षण गरिएको थियो । ग्लुटेन गहुँ, जौ जस्ता अन्नमा पाइने एक प्रकारको प्रोटिन हो ।

यदि कसैलाई सेलियाक रोग छ भने, ग्लुटेनको सेवन उनीहरूका लागि हानिकारक हुन सक्छ । यस रोगमा, ग्लुटेन खाएपछि शरीरले सानो आन्द्रालाई क्षति पुर्‍याउन थाल्छ । त्यसैले सेलियाक रोगीहरूले ग्लुटेनको सेवनबाट बच्नुपर्छ ।

जर्नल ग्यास्ट्रोएन्टेरोलजीमा प्रकाशित यो अध्ययनको रिपोर्टमा उल्लेख भएअनुसार १० जोडीलाई अनुसन्धानमा समावेश गरिएको थियो । प्रत्येक जोडीमा एक जना पार्टनरलाई सेलियाक रोग लागेको थियो भने एक जनालाई थिएन ।

सेलियाक नभएको पार्टनरले गहुँबाट बनेका साल्टाइन क्र्याकर खाए । त्यसपछि आफ्नो पार्टनरलाई चुम्बन गरे । त्यसपछि ग्लुटेनको पार्टनरमा सर्‍यो कि सरेन भनेर जाँच गरियो ।

सबै नमूनाहरू मध्ये ९० प्रतिशतमा कम स्तरमा ग्लुटेन सरेको पाइयो तर यो सेलियाक रोग भएकालाई हानि नै गरिहाल्ने स्तरको थिएन । २० जनामध्ये दुई चुम्बनमा भने ग्लुटेनको धेरै मात्रा प्रसार भएको पाइयो । जुन सेलियाक रोगीका लागि हानि गर्ने स्तरको थियो ।

पानी पिएर चुम्बन गरेपछि पनि पार्टरनमा ग्लुटेनको अवस्थालाई जाँच गरिएको थियो । यसमा निकै सुखद् नतिजा देखियो । सेलियाक नभएका र ग्लुटेन सेवन गरेका व्यक्तिलाई चुम्बनअघि पानी पिउन लगाइएको थियो । यसमा एउटा पनि नमुनाले २० भाग प्रतिमिलियन अंक पार गरेन । ६० प्रतिशत नमुनामा त ग्लुटेन नै देखिएन ।

यो अध्ययनले सेलियाक रोग भएका जोडीहरूमा रहेको संकोच र डरलाई हटाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

सेलियाक भएका ३९ प्रतिशत मानिसले डरले गर्दा आफ्ना पार्टनरहरूलाई चुम्बन गर्न हिचकिचाउँछन् भन्ने कुरा अघिल्लो अध्ययनले देखाएको थियो । धेरैले अनलाइनतिर दिइने सल्लाहका आधारमा व्यवहार गर्ने गरेको उक्त अध्ययनमा पाइएको थियो ।

जसमा दाँत माझ्ने, माउथवाश बोक्ने, साथमा रहनुपर्ने दिनमा आफ्ना पार्टनरलाई ग्लुटेन-रहित खाना मात्र खान आग्रह गर्ने जस्ता उपायहरू अपनाइएको देखिन्थ्यो ।  ती कुनै पनि सल्लाह वैज्ञानिक प्रमाणमा आधारित नभएको निष्कर्ष पहिलाको अध्ययनले निकालेको थियो ।

यो अध्ययनले चुम्बनबाट हुने ग्लुटेनको प्रसार र त्यसको जोखिमबारे स्पष्ट धारणा बनाउन मद्दत पुगेको अध्ययनकर्ताले उल्लेख गरेका छन् ।

‘हामी अब बिरामीहरूलाई चुम्बनमार्फत ग्लुटेन एक्सपोजरको मात्रात्मक जोखिमको बारेमा जानकारी दिन सक्छौं ताकि तिनीहरू कुनै डरबिना आत्मीयता कायम गर्न सकुन् ।’ अनुसन्धानकर्ताहरूले लेखेका छन्, ‘त्यसका लागि धेरै कुरा होइन मात्रा आधा गिलास पानी चाहिन्छ ।’

र्‍यालबाटै फैलिने खालका अन्य भाइरल संक्रमण भएको बेलामा भने चुम्बन नगर्न नै विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?