२ वैशाख, काठमाडौं । औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गी पाएकी छिन् । मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघि गत २६ चैतमा विभागका महानिर्देशक रहेको नारायणप्रसाद ढकाललाई कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रालय तानेकी छिन् ।
खड्कीलाई पत्रमा अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ ।
यसअघि वरिष्ठ औषधि व्यवस्थापकको रुपमा कार्यरत दशौं तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरूमध्ये सबैभन्दा वरिष्ठ हुन् ।
ढकाललाई लागेको आरोपबारे छानबन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन गरी एक साता भित्रभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
प्रतिक्रिया 4