+
+
Shares

कांग्रेसको अनुशासन समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १२:४२

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बसेको हो ।

आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । उक्त बैठक बस्नुअघि अनुशासन समितिको बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यस विषयमा अनुशासन समितिको बैठकमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?