+
+
Shares

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, लगत्तै केन्द्रीय कार्यसम्पादन

कांग्रेसले सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १५:४९

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

वैशाख २ गते दिउँसो ११ बजे बस्नेगरी अनुशासन समितिको बैठक बोलाइएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसले सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

त्यसअघि अनुशासन समितिको बैठक बस्न लागेको हो ।

यसअघि गत १८ चैतमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनको आरोप लागेकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो ।

निम्न व्यक्तिको हकमा हुनेछ अनुशासनको कारबाही–

  • निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेकाको बारेमा ।
  • निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
  • पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षलाई टेवा पुर्‍याएका ।
  • नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
  • नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भइ प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?