+
+
Shares

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट   

राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ ।    

रासस रासस
२०८३ वैशाख २ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय किताबखानाले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल प्रदेशको शिक्षा मन्त्रालयमार्फत गर्ने व्यवस्था मिलाएको छ।
  • सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं १५ अनुसार शिक्षकको सिटरोल दर्ता तथा सेवा सुविधा प्रदेश स्तरबाट व्यवस्थापन गर्ने निर्णय भएको हो।
  • राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलले डिजिटल सर्भिस र इ–पेन्सन सुविधा सहित सिटरोल दर्ताको प्रक्रिया अघि बढाउन छलफल सुरु भएको बताए।

२ वैशाख, काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ ।

नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं १५ मा शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधाको व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने व्यवस्था मिलाउने उल्लेख भएबमोजम सो प्रबन्ध गर्न लागिएको हो ।

राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलले उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सर्भिस, इ–पेन्सनलगायतको सुविधा तथा सिटरोल दर्ताको प्रक्रियाअघि बढाउने गरी छलफल प्रारम्भ भएको बताए ।

यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको छ ।

-रासस

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?