+

अन्जनले थन्डरबोल्टबाट सिक्किम प्रिमियर लिग खेल्ने

२०८३ वैशाख  ३ गते १४:१९ २०८३ वैशाख ३ गते १४:१९
अन्जनले थन्डरबोल्टबाट सिक्किम प्रिमियर लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सिक्किम प्रिमियर लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडसँग अनुबन्ध गरेका छन्।
  • नेपालमा राष्ट्रिय लिग नभएको कारण अञ्जन विष्ट सिक्किममा खेल्न लागेका हुन् र उनले सामाजिक सञ्जालमा 'उही मैदान, उही सपना तर फरक अन्त्य आउँदै छ' लेखेका छन्।
  • अञ्जनले भारतको आई लिग र बंगलादेशको लिगमा पनि खेलिसकेका छन् र नेपालमा एनआरटीबाट खेल्दै आएका थिए।

३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सिक्किम प्रिमियर लिग फुटबल खेल्ने भएका छन् ।

उनलाई लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

नेपालमा राष्ट्रिय लिगसहितका फुटबल गतिविधि नभएपछि उनी सिक्किममा खेल्न लागेका हुन् । घरेलु फुटबलमा उनी एनआरटीबाट खेल्दै आएका थिए ।

अञ्जनले पनि सामाजिक सञ्जालमा खेल्न उत्साहित रहेको उल्लेख गरेका छन् । ‘उही मैदान, उही सपना तर फरक अन्त्य आउँदै छ’ उनले लेखेका छन् ।

यसअघि अञ्जनले भारतको आई लिग तथा बंगलादेशको लिग पनि खेलिसकेका छन् ।

अञ्जन विष्ट थन्डरबोल्ट नर्थ युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय