News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ र दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन्।
३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो । आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन् । सत्तारुढ दल रास्वपाले पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।
यसअघि आज बसेको बैठकमा कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकमा कांग्रेस सांसद मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने प्रस्ताव गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4