News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन १८ वैशाखमा नुवाकोटको गोल्फु नम्सापुरानमा आयोजना हुने भएको छ।
- आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङले सम्मेलनको उद्देश्य ग्लान जातिको भाषा, संस्कृति र पुर्ख्यौली थलो जोगाउनु रहेको बताए।
- गोल्फु नम्सापुरानमा सांस्कृतिक भवन 'ग्लान ङारदीम' निर्माण गरिएको छ र यसको उद्घाटन सम्मेलनमा गरिने छ।
३ वैशाख, काठमाडौं । ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन १८ वैशाखमा हुने भएको छ ।
आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङका अनुसार नुवाकोटको गोल्फु नम्सापुरानमा सम्मेलन आयोजना हुनेछ ।
‘भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान’ भन्ने नारालाई सार्थकता बनाउन विश्वभरl छरिएर रहेका तामाङ जातिभित्रको ग्लानहरूको पुर्ख्यौली भूमि नुवाकोटमा सम्मेलन आयोजना हुने उनले बताए ।
आउदो १८ गते ग्लानहरूको उद्गम थलो
दुप्चेश्वर गाउँपालिका-४ स्थित गोल्फु नम्सापुरानलाई ग्लानहरूले आफ्नो उद्गम थलो मान्ने गर्छन् । जहाँ सांस्कृतिक भवन ‘ग्लान ङारदीम’ निर्माण गरिएको छ । जसको उद्घाटन समेत गरिने उनले बताए ऽ
तामाङका अनुसार ग्लानको ऐतिहासिक पहिचान र पुर्ख्यौली थातथलो (बाब्सा) लाई जोगाउने उद्देश्यले ‘ग्लान ङारदीम’ संग्राहलय निर्माण गरिएको हो । ।
ङारदीमलाई संघीय सरकारबाट ९० लाख र दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख गरी ९९ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
प्रतिक्रिया 4