३ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय उपयोगिताको लागि गाँजाको प्रयोगको अधिकार दिइनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले नै कानुन बनाएर यस्तो अधिकार दिनुपर्ने बताएका हुन् ।
‘गाँजामा औषधीय गुणहरू छन् । सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग गरिन्छ भने यसलाई कानुनी व्यवस्था गरेरै किन अघि नबढाउने ?,’ प्रधानमन्त्रीलाई सुनाएको सुझाव सुनाउँदै उनले भने, ‘सुरुमा पकेट क्षेत्रका रूपमा मकवानपुरलगायतका केही जिल्लाबाट यो सुरु गर्न सकिन्छ । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा नियमन र अनुगमनको व्यवस्था गरेरै यसलाई प्रयोगको बाटो खोलिदिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4