+
+
Shares

बुक बिल्डिङबाट सेयर निष्कासन अघि बढाउन नेप्से र ५ कम्पनीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जसँग पाँच कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न सम्झौता गरेका छन्।
  • सम्झौता भएका कम्पनीमा नर्भिक इन्टरनेसनल हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल र पूर्वाञ्चल ल्युब आयल छन्।
  • नर्भिकले ८ लाख १६ हजार ४८०, जगदम्बाले १८ लाख, टाइमले ४ लाख ३४ हजार ६ सय, लक्ष्मीले १८ लाख र पूर्वाञ्चलले ६ लाख सेयर संस्थागत लगानीकर्ताका लागि छुट्याएका छन्।

३ चैत, काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन विभिन्न ५ कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग सम्झौता गरेका छन् ।

बुक बिल्डिङ निर्देशिका बमोजिम यी कम्पनीले योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो निर्देशिका अनुसार बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न चाहने कम्पनीले स्वचालित विद्युतीय प्रणालीमार्फत बुक बिल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्न धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने हुन्छ । यसपछि मात्रै बुक बिल्डिङबाट सेयर निष्कासनका लागि अन्य प्रक्रिया अघि बढ्दछ ।

बुक बिल्डिङ विधिबाट सेयर निष्कासन प्रक्रिया अघि बढाउन नेप्सेसँग सम्झौता भएका कम्पनीमा नर्भिक इन्टरनेसनल हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल र पूर्वाञ्चल ल्युब आयल छन् ।

नर्भिकले संस्थागत लगानीकर्ताका लागि ८ लाख १६ हजार ४८० कित्ता छुट्याएको छ । त्यस्तै जगदम्बा स्पिनिङले १८ लाख, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६ सय कित्ता, लक्ष्मी स्टिलले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि छुट्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?