+
+
Shares

सिंहदरबारभित्र भुर्रभुर्र (तस्वीरहरू)

फूल चराहरूका लागि खाना, आकर्षण र सुरक्षित वातावरणको संयोजन हो । जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलहरूप्रति मोहित हुन्छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख ३ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फूलहरूले किराफट्याङ्ग्रा र चराचुरुङ्गीलाई खाना, आकर्षण र सुरक्षित वातावरण उपलब्ध गराउँछन्।
  • फूलप्रति मानिस र चराहरूको आकर्षण मानवीय स्वभाव र प्राकृतिक आवश्यकता हो।

३ वैशाख, काठमाडौं । विभिन्न प्रजातिका रंगीचंगी फूलप्रति मानिसहरू आकर्षित हुन्छन् । फूलको सौन्दर्यले मानव जातिलाई मोहित नै बनाउँछ । फूलप्रति आकर्षित हुनु मानवीय स्वभाव नै हो ।

रंगीचंगी फूलहरूले मानिसलाई मात्रै होइन, किराफट्याङ्ग्रादेखि लिएर चराचुरुङ्गी समेतलाई पनि आकर्षण गर्छ । फूलप्रति चराचुरुङ्गी आकर्षित हुनुका विविध कारण छन् ।

फूल चराहरूका लागि खाना, आकर्षण र सुरक्षित वातावरणको संयोजन हो । जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलहरूप्रति मोहित हुन्छन् ।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिखेर रंगीचंगी फूलहरू ढकमक्क फुलेको देख्न सकिन्छ ।

सिंहदरबार भित्रका रंगीचंगी फूलहरूले वरिपरि आफ्नो बासस्थान बनाएका भँगेरा, जुरेली, सारौं लगायतका चराहरूलाई स्वागत गरिरहेको आभास हुन्छ । रंगीचंगी फूलहरूमा चराहरू स्वतन्त्र ढंगले भुर्रभुर्र गरी आनन्द लिइरहेको, रमाइरहेको देख्न सकिन्छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?