News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ।
- चैत १५ गते पक्राउ परेका उनलाई श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
- न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले थुनामुक्त गर्ने र विदेश जान अनुमति लिनुपर्ने आदेश जारी गरेको छ।
३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो ।
चैत १५ गते पक्राउ परेका उनलाई थुनामुक्त गर्न श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
साथै, उनलाई विदेश जानुअघि अनुमति लिनपर्ने पनि आदेशमा उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।
कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्वीर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
सोही विषयमा अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया 4