+
+
Shares

‘प्रमोद खरेल एन्ड परम्परा’ र दुर्गेश थापा शनिबार भक्तपुरको सल्लाघारीमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते २०:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक प्रमोद खरेल र उनको ब्यान्ड 'परम्परा'ले ५ बैशाख शनिबार भक्तपुरको तीनकुने चौरमा गायक दुर्गेश थापासँग सहकार्य गर्दै सांगीतिक प्रस्तुति दिने भएका छन्।
  • आयोजक औद्योगिक शान्ति नेपालले साउन्ड सिस्टम र लाइटको भव्य संयोजनमा दिउँसो ३ बजेदेखि गेट खुल्ने र ५ बजेदेखि कन्सर्ट सुरु हुने जानकारी दिएको छ।
  • प्रमोद खरेलले दुर्गेशसँग पहिलोपटक प्रस्तुति दिन पाउँदा उत्साह व्यक्त गरेका छन् र प्रशंसकहरू उक्त कोल्याबलाई लिएर उत्साहित छन्।

भक्तपुर । गायक प्रमोद खरेल र उनको ब्यान्ड ‘परम्परा’ले अर्का गायक दुर्गेश थापासँँग सहकार्य गर्दै आगामी शनिबार भक्तपुरमा सांगीतिक प्रस्तुति दिने भएको छ ।

५ बैशाखको शनिबार सल्लाघारीस्थित तीनकुने चौरमा अहिलेको चर्चित सांगीतिक समूह र गायकसँग दर्शक ‘लाइभ कन्सर्ट’मा झुम्ने पाउने भएका हुन् ।

पहिलोपटक प्रमोद र उनको ब्यान्डसँग दुर्गेशको ‘कोल्याब’ प्रस्तुति हुन लागेको हो । उक्त दिन दिउँसो ३ बजेदेखि गेट खुल्ने र ५ बजेदेखि कन्सर्ट सुरु हुने जनाइएको छ ।

आयोजक औद्योगिक शान्ति नेपालले साउन्ड सिस्टम र लाइटको भव्य संयोजनमाझ कलाकारले प्रस्तुति दिन लागेको जनाएको छ । गायक खरेलले दुर्गेशसँग पहिलोपटक प्रस्तुति दिन लागेको यो अवसरप्रति उत्साह व्यक्त गरे ।

‘परम्परा’ ब्यान्ड र दुर्गेश अहिलेका डिमान्डेड र ब्यस्त कलाकारमध्ये पर्छन् । यो ब्यान्डले नयाँवर्षको पहिलो दिन १ बैशाखमा इलाममा भब्य प्रस्तुति दिएको थियो । त्यहाँ २ घण्टासम्म चलेको प्रस्तुति राती १ बजेसम्म निरन्तर थियो ।

दुर्गेश पनि पछिल्लो समय कन्सर्टमा निकै ब्यस्त मध्ये पर्छन् । यी दुईको भक्तपुरमा हुने कोल्याबलाई लिएर प्रशंसक उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?