+
आईपीएल २०२६ :

अपराजित पन्जाब शीर्षस्थानमा उक्लियो, मुम्बईको चौथो हार

२०८३ वैशाख  ३ गते २३:२३ २०८३ वैशाख ३ गते २३:२३
अपराजित पन्जाब शीर्षस्थानमा उक्लियो, मुम्बईको चौथो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक उपविजेता पन्जाब किङ्सले आईपीएल २०२६ मा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ।
  • पन्जाबले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै १९६ रनको लक्ष्य १६.१ ओभरमा पूरा गर्‍यो।
  • प्रभसिमरन सिंहले ८० रन अविजित बनाए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएर १३९ रनको साझेदारी गरे।

३ वैशाख, काठमाडौं । साविक उपविजेता पन्जाब किङ्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राख्दै शीर्षस्थानमा उक्लिएको छ ।

कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहको शानदार ब्याटिङमा बिहीबार मुम्बई इन्डियन्सलाई पराजित गर्दै पन्जाबले अपराजित यात्रा कायमै राखेको हो ।

वाङ्खेडे स्टेडियममा भएको खेलमा पन्जाबले मुम्बईलाई ७ विकेटले पराजित गर्‍यो । मुम्बईले दिएको १९६ रनको लक्ष्य पन्जाबले १६.१ ओभरमा ३ विकेटले पूरा गर्‍यो ।

प्रभसिमरन सिंह ३९ बलमा ११ चौका र २ छक्कासहित ८० रनमा अविजित रहे । कप्तान श्रेयसले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए । ४५ रनमा २ विकेट गुमेको अवस्थादेखि यी दुई मिलेर १३९ रनको साझेदारी बनाए ।

मुम्बईका लागि अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । क्विन्टन डि ककले अविजित शतकीय पारी खेलेका थिए । उनले ६० बलमा ८ चौका र ७ छक्कासहित ११२ रन बनाए ।

यस्तै नमन धिरले ५० रन बनाए भने कप्तान हार्दिक पान्ड्याले १४ रन बनाए ।

पन्जाबका अर्शदीप सिंहले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । मार्को यानसेन र शशांक सिंहले १-१ विकेट लिए ।

जितसँगै पन्जाबले ५ खेलमा चौथो जितसहित ९ अंक जोडेको छ । एक खेलमा पन्जाबले अंक बाँडेको थियो । मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ र २ अंकसहित नवौं स्थानमा छ ।

आईपीएल क्रिकेट पञ्जाब किङ्स पन्जाब किङ्स मुम्बई इन्डियन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय