+
+
Shares

सिरहामा गुड्ने सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान अनिवार्य

सिरहा, लहान, मिर्चैया लगायत जिल्लाका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न बैठकले‍ निर्देशन दिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा सार्वजनिक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न जिल्ला यातायात व्यवस्थापन समितिले निर्णय गरेको छ।
  • निर्णयको कार्यान्वयन अनुगमन यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले गर्नेछन्।
  • सीसी क्यामेरा जडान नगर्ने सवारी साधनमाथि कानुनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो।

४ वैशाख, सिरहा । यात्रुको सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिरहामा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

३ वैशाखमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सिरहा, लहान, मिर्चैया लगायत जिल्लाका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न बैठकले‍ निर्देशन दिएको हो।

निर्णय कार्यान्वयनको अनुगमन यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले नियमित रूपमा गर्नेछ ।

तोकिएको समयसीमाभित्र सीसी क्यामेरा जडान नगर्ने सवारी साधनमाथि कानुनी कारबाहीसमेत गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

सबै सवारी धनी, व्यवसायी तथा सम्बन्धित पक्षलाई समयमै यो नियम पालना गर्न आग्रह गरिएको बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?