News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा विपक्षीबाट बहसमा भाग लिने भएका छन्।
- विशेष महाधिवेशनलाई मान्यता नदिन पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ।
- सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा आज सभापति थापा पक्षले बहस गर्नेछ।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्।
विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । रिटकर्ताको पक्षबाट बहसमा बोल्नेहरूको समय बिहीबार सकिएको छ।
आज शुक्रबार विशेष महाधिवेशनको पक्षबाट बहसमा भाग लिनेहरूको लागि समय छुट्याइएको छ।
विपक्षीको तर्फबाट बहसमा स्वयं उपसभापति शर्मा सहित कानुन व्यवसायीहरूले विचार राख्ने भएका छन् ।
विशेष महाधिवेशनलाई मान्यता नदिन दायर गरेको रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
पूर्वसभापति शेरबहादुर देउवाको पक्षबाट हिजो अधिवक्ताहरू गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण, एगराज पोखरेल लगायतले बहस गरे।
बिहीबार नै सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।
आज सभापति थापा पक्षले बहस गर्नेछ।
प्रतिक्रिया 4