+
+
Shares
हलिउड :

हलिउडलाई पुनर्जीवन दिएको ‘टपगन’ को तेस्रो श्रृंखला लिएर फर्किदैं टम क्रुज

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्यारामाउन्ट स्टुडियोले टम क्रुजको ब्लकबस्टर फिल्म 'टप गन ३' को औपचारिक घोषणा लस एन्जलसमा गरेको छ।
  • निर्देशक जोसेफ कोसिन्स्कीको 'टप गन : म्याभेरिक' को सिक्वेलको काम सन् २०२४ मा सुरु हुने जानकारी सार्वजनिक भइसकेको छ।
  • 'टप गन : म्याभेरिक' ले विश्वव्यापी बक्स अफिसमा करिब १ अर्ब ५० करोड डलर कमाएको थियो र यो फिल्मले सिनेमा हलहरूलाई नयाँ ऊर्जा दिएको थियो।

लस एन्जलस (भेराइटी) । हलिउड अभिनेता टम क्रुज आफ्नो ब्लकबस्टर फिल्म ‘टप गन ३’ लिएर फर्किने भएका छन् । लस-भेगासमा आयोजित ‘सिनेमाकन’ कार्यक्रममा प्यारामाउन्ट स्टुडिोले यसको औपचारिक घोषणा गरेको हो । फिल्मका निर्माता जेरी ब्रकहाइमर पनि यस फिल्ममा पुनः जोडिने भएका छन् ।

निर्देशक जोसेफ कोसिन्स्कीको सन् २०२२ को ब्लकबस्टर फिल्म ‘टप गन : म्याभेरिक’को सिक्वेलका रूपमा बन्न लागेको यो फिल्मको काम सन् २०२४ मै सुरु भएको जानकारी सार्वजनिक भइसकेको थियो । ‘म्याभेरिक’का सहलेखक एहरेन क्रुगरले नै नयाँ भागको कथा लेखिरहेका छन् । यसअघि उनले एरिक वारेन सिङ्गर र क्रिस्टोफर म्याक्वेरीसँग मिलेर ‘म्याभेरिक’को पटकथा तयार पारेका थिए ।

‘टप गन : म्याभेरिक’ कोरोना महामारीका कारण धेरै सिनेमा हल बन्द भइरहेका बेला रिलिज भएको थियो । त्यसका बाबजुद फिल्मले विश्वव्यापी बक्स अफिसमा करिब १ अर्ब ५० करोड डलर कमाइ गर्दै ठूलो सफलता हासिल गरेको थियो । करिब १७ करोड डलर बजेटमा बनेको यो फिल्मले कठिन अवस्थामा रहेका सिनेमा हलहरूलाई नयाँ ऊर्जा दिने काम पनि गरेको मानिन्छ ।

अभिनेता क्रुजले सन् १९८६ को मूल फिल्मबाट आफ्नो ‘हटशट’ पाइलट पात्र सुरु गरेको ३६ वर्षपछि ‘म्याभेरिक’मा पुनरागमन गरेका थिए । उनले निर्वाह गरेको लेफ्टिनेन्ट पिट ‘म्याभेरिक’ मिचेल पात्र नयाँ पाइलटहरूको समूहलाई जोखिमपूर्ण मिशन सफलतापूर्वक पूरा गर्न तालिम दिन फेरि प्रसिद्ध उडान विद्यालयमा फर्किन्छ ।

यस क्रममा उनको भेट ब्राड्ली ‘रुस्टर’ ब्राडशसँग हुन्छ, जसको भूमिका माइल्स टेलरले चित्रण गरेका छन् । रुस्टर, म्याभेरिकका नजिकका साथी पिट ‘गूज’ ब्राडशको छोरा हुन्, जसको पहिलो फिल्ममै मृत्यु भएको थियो । अन्ततः उनीहरू आफ्ना सह-प्रशिक्षार्थीसँग मिलेर उक्त कठिन मिशन सफलतापूर्वक पूरा गर्न सफल हुन्छन् र सुरक्षित रूपमा फर्किन्छन् ।

क्रुज र माइल्स टेलरका साथै ‘म्याभेरिक’मा नयाँ पुस्ताका धेरै उदीयमान कलाकारहरू पनि देखिएका थिए । ग्लेन पावेल, लुइस पुलम्यान, मोनिका बारबारो, ड्यानी रामिरेज, जे एलिस, ग्रेग टार्जन डेभिस र म्यानी जसिन्टोले नयाँ पाइलटहरूको भूमिकामा अभिनय गरेका थिए ।

यस फिल्ममा जेनिफर कोनेली, जोन ह्याम, चार्ल्स पार्नेल, एड ह्यारिस र बशिर सलाहुद्दिन जस्ता स्थापित कलाकारको पनि सहभागिता थियो ।

त्यसैगरी, यो फिल्म अभिनेता क्रुजका ‘टप गन’का पुराना सहकलाकार भाल किल्मरका लागि अन्तिम फिल्म सावित भयो । उनले टम ‘आइसम्यान’ काजान्स्कीको भूमिकामा अभिनय गरेका थिए । किल्मरको सन् २०२५ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?