+
+
Shares

टिकटकले नेपालबाट हटायो थप १९ लाख भिडियो, नक्कली लाइक र फलोअर्स पनि हटाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले सन् २०२५ को चौंथो त्रैमासिकमा नेपालमा १९ लाख ३२ हजार ५७५ भिडियो कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण हटाएको छ।
  • विश्वव्यापी रूपमा टिकटकले सोही अवधिमा १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जसमा ९८.४% भिडियो २४ घण्टाभित्र हटाइएको थियो।
  • टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्ट र २ करोड ३८ लाख ७५ हजार ८७९ १३ वर्षभन्दा कम उमेरका खाताहरू पनि हटाएको छ।

काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरुप सन् २०२५ को चौंथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

सन् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गरिएको छ ।

सन् २०२५ को चौंथो त्रैमासिक अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको जनाएको छ । अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९% कायम रह्यो, जसमा ९८.४% भिडियो २४ घण्टाभित्र हटाइएको थियो ।

विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो । हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनस्र्थापना गरिएको थियो ।

सक्रिय हटाउने दर ९९.१% रहेकोमा ९३.४% फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो । प्लेटफर्मको विश्वसनीयता कायम राख्न, यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाएको छ । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो ।

यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई–आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ । यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको छ ।

साथै, कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ । नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको जनाएको छ ।

प्रतिवेदन अनुसार, हटाइएका भिडियोमध्ये २१.२% मा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन् । थप ९.१% भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२% भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए ।

यसबाहेक, १.६% भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८% भिडियो सम्पादन गरिएको वा एआई–निर्मित सामग्रीका रूपमा फ्ल्याग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?