+
+
Shares

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

ईश्वर थापा ईश्वर थापा
२०८३ वैशाख ४ गते १४:४७

धनकुटा, ४ वैशाख । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीका अनुसार घटनापछि पीडित पक्षले उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपित गिरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित बालिका जन्मजात बोल्न नसक्ने छन् । घरमा कोही नभएको मौका पारेर आरोपितले जबरजस्ती गरेको आरोप छ ।

पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?