News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८ अंकमा पुगेको छ।
- नेप्से बढ्दा पनि १५० कम्पनीको मूल्य घटेको र १०८ कम्पनीको मूल्य बढेको छ।
- उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ।
४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ ।
सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म झरे पनि त्यसपछि सामान्य उतारचढाव हुँदै अन्तिम समयसम्म उकालो लाग्यो ।
अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
नेप्से बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०८ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १२ को स्थिर रह्यो । औसतमा ठूलो पूँजी भएका कम्पनीहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से बढेको हो ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशत बढेको छ । यस समूहमा थपिएका नयाँ कम्पनीको मूल्य बढेकाले समग्र समूहगत सूचकमा प्रभाव परेको हो ।
त्यस्तै होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढे । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कालिका पावरको ८.३३, रिलायन्स स्पिनिङ मिल्किो ६.४८ तथा सोलु हाइड्रोपावरको ४.५४ प्रतिशत मूल्य बढ्यो ।
एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोको ४.४०, तथा इमर्जिङ नेपालको सेयर मूल्य ३.५९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।
प्रतिक्रिया 4