+
+
Shares

जेनजी घटना : काठमाडौं प्रहरीले पक्राउ गर्‍यो ३५० व्यक्ति

जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा संलग्न ३५० जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये २०४ जनालाई आपराधिक उपद्रव, ५१ जनालाई हातहियारको कसुरमा राखिएको छ।
  • ११६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको र ११ जनालाई धरौटीमा रिहा गरिएको छ।

४ वैशाख, काठमाडौं । गत भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र हत्यालगायतका घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३५० जनालाई पक्राउ गरेको छ ।

जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।

उनीहरुसहित ३५० जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएको छ । जसमा आपराधिक उपद्रवमा सबैभन्दा बढी २०४ जना पक्राउ परेका छन् । हातहियारको कसुरमा ५१ जना पक्राउ परेका छन् । चोरीको कसुरमा १७, आपराधिक उपद्रव र चोरीमा २९, कर्तव्य ज्यानको कसुरमा १८, अभद्रमा २३, ज्यान मार्ने उद्योगमा ४, डाँका चोरीमा २ जना पक्राउ परेका छन् ।

जसमध्ये ११६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ११ जना भने धरौटीमा रिहा भएका छन् । ११९ जना हाजिरी जमानीमा छुटेका छन् ।

३ जनालाई मुद्दा नचल्ने निर्णय भएको छ । १ जनाको मुद्दा फैसला भएको छ भने ७ जना साधारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भ्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?