४ वैशाख, काठमाडौं । सुन्धारा कारागार (जग्गनाथ देवल)बाट फरार भएका जन्म कैदको सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का ३५ वर्षीय होमबहादुर राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
१९ कात्तिक २०७७ मा सोलुखुम्बुकी २८ वर्षीया सोमरानी लामा तामाङलाई उनले खुकुरी प्रहार गरी हत्या गरेका थिए । ज्यान मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले उनलाई २२ असार २०७८ मा जन्मकैदको फैसला सुनाएको थियो ।
उनी सुन्धारा कारागारमा रहेका बेला जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका थिए । पक्राउ परेका उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4