+
+
Shares

प्रहरीबाट मुद्दा मिलाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति समातिए

पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने ५२ वर्षीय दीपक भनिने विश्वराम अधिकारी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ३० हजार रुपैयाँ लिने दीपक भनिने विश्वराम अधिकारी पक्राउ परेका छन्।
  • प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरी ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
  • प्रतिवादी ध्रुव विक्रम मल्ल रहेको बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै उनी रकम लिएको पाइएको छ।

४ वैशाख, काठमाडौं । प्रहरीमा दर्ता भएको बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै रकम लिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने ५२ वर्षीय दीपक भनिने विश्वराम अधिकारी छन् । उनलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो ।

प्रतिवादी ध्रुव विक्रम मल्ल रहेको बैंकिङ कसुरको मुद्दा प्रहरीबाट मिलाइदिने भन्दै उनले १ लाख ३० हजार रुपैयाँ बुझेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनुकमार भट्टराईले बताए ।

पक्राउ परेका उनीविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?