+
+
Shares

लोकसभामा संविधान संशोधन विधेयक असफल भएपछि प्रियंकाले के भनिन् ?  

शुक्रबार लोकसभामा प्रस्तुत गरिएको १३१औँ संविधान संशोधन विधेयक मतदानका क्रममा आवश्यक बहुमत जुटाउन नसक्दा विफल भएको थियो, जसलाई विपक्षीले आफ्नो रणनीतिक सफलताको रूपमा लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १७:१८

५ वैशाखकाठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी सांसद एवं नेत्री प्रियंका गान्धीले लोकसभामा संविधान संशोधन विधेयक असफल हुनुलाई लोकतन्त्रको ठूलो जितको संज्ञा दिएकी छन् । उनले यसलाई सरकारी षड्यन्त्र पराजित भएको पनि बताएकी छन् । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मोदी सरकारले लोकतन्त्रलाई कमजोर बनाउने र देशको संघीय ढाँचा परिवर्तन गर्ने गरेको प्रयासलाई विपक्षी एकताले पराजित गरिदिएको दाबी गरिन्।

गान्धीका अनुसार, यो हार सत्ता पक्षका नेताहरूको अनुहारमा स्पष्ट देखिएको र यसले संविधान तथा देशको जित सुनिश्चित गरेको छ।

उनले सरकारको नियतमाथि प्रश्न उठाउँदै भनिन्, ‘यो केवल महिला आरक्षणको कुरा मात्र थिएनबरु यसलाई परिसीमनसँग यसरी जोडिएको थियो जहाँ सरकारले जातिगत जनगणनाको तथ्याङ्क नहेरी आफ्नो मनमानी गर्न पाओस्।

विपक्षी दलहरू एकजुट हुँदा सरकारको मनोमानीलाई कसरी रोक्न सकिन्छ भन्ने उदाहरण यो घटनाले पुष्टि गरेको उनको तर्क थियो।

सरकारले यस दिनलाई ब्ल्याक डे‘  भनेको सन्दर्भमा टिप्पणी गर्दै प्रियंकाले भनिन्, ‘मोदी सरकारलाई पहिलो पटक ठूलो धक्का लागेको छत्यसैले उनीहरू यसलाई कालो दिन भनिरहेका छन्। तर लोकतन्त्र बचाउन यो धक्का लाग्नु एकदमै जरुरी थियो।

उनले सरकारको प्रचारबाजी र मिडियाबाजीलाई अब देशका महिलाहरूले बुझिसकेको र यस्तो नाटक अब धेरै दिन नचल्ने चेतावनी समेत दिइन्।

शुक्रबार लोकसभामा प्रस्तुत गरिएको १३१औँ संविधान संशोधन विधेयक मतदानका क्रममा आवश्यक बहुमत जुटाउन नसक्दा विफल भएको थियोजसलाई विपक्षीले आफ्नो रणनीतिक सफलताको रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?