+
+
Shares

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढल्दा रुखमुनी च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते २१:५५

५ वैशाख, जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि शनिबार सभ्यताको रुख टेम्पुमाथि ढल्दा रुखमुनी च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तीनजलाई नेपाली सेनाले तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिक छन् । मृतकको शव प्रादेशिक अस्पताल जलेश्वरमा रहेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा टेम्पु चालक महोत्तरी जलेश्वर नगरपालिका ११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिककी श्रीमती ४३ वर्षीया फेकनीदेवी मलिक, जनकपुरधाम–१२ बस्ने १७ का धिरज मलिक र जनकपुरधाम–२० बस्ने १४ वर्षीया रिया पण्डित छन् । उनीहरूमध्ये एकको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?