+
+
Shares

महोत्तरीमा बेवारिसे कारबाट १०९ किलोभन्दा बढी गाँजा बरामद

विजय कुमार सिंह विजय कुमार सिंह
२०८२ चैत १ गते १५:५१

१ चैत, महोत्तरी । महोत्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिहीबार राति रामगोपालपुर नगरपालिका–७ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको डिएल १ सिक्यू ५८६९ नम्बरको भारतीय कार फेला पारेको थियो ।

प्रहरीले कारभित्र जाँच गर्दा चालक नभएको अवस्थामा शंका लागेपछि कार खोलेर तलासी लिँदा पछाडिको डिकीमा रातो प्लास्टिकले बेरी कालो प्लास्टिकको डोरीले बाँधेर लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ २० पोका फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले जानकारी दिए ।

उनका अनुसार उक्त पदार्थलाई तौल गर्दा जम्मा १०९ किलो ६१० ग्राम रहेको पाइएको छ ।

बरामद भएको लागूऔषध गाँजासहित कार नियन्त्रणमा लिई लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?