+
+
Shares

महोत्तरीमा वडाध्यक्षले वारेसमार्फत मतदान गर्न खोजेपछि लफडा, रोकियो मतदान

महोत्तरीमा वडाध्यक्षले नै वारेस नामामार्फत मतदान गर्न खोजेपछि विवाद भएको । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:१८

२१ फागुन, काठमाडौं । महोत्तरीमा वडाध्यक्षले नै वारेस नामामार्फत मतदान गर्न खोजेपछि विवाद भएको छ ।

बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानि मावि मतदान केन्द्रमा बर्दिबास–७ कै स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोगारथ यादवले वारेस नामामार्फत मतदान गर्न खाजेका थिए ।

त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।

यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको छ । सशस्त्र प्रहरीको थप २५ जनाको स्ट्राइकिङ टोली अहिले परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?