+
+
Shares

महोत्तरीमा दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:२१

२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीमा आज दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान भएको छ ।

चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म ७३ हजार २७७ पुरुष र ७७ हजार १८६ जनाले मतदान गरेका छन् ।

मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्रबाट मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?