+
+

१६ अंकले घटेर ८८३ अंकमा झर्‍यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते १५:२७

५ असोज काठमाडौं । गत साता करिब तीन अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै दोहोरो अंकले घटेको छ । आइतबार १६ अंकले घटेर नेप्से परिसूचक ८८३ अंकमा झरेको छ ।
अन्य समूहबाहेक सबै समूहगत सूचकहरु घटेपछि नेप्से घटेको हो । आइतबार अन्य समूहको सूचक भने १० अंकले बढेको छ ।
बाणिज्य बैंक समूहको सूचक २१ अंकले घटेको छ, यो समूहको मात्रै १२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यसैगरी होटल समूहको २२ अंबले, जलविद्युत समूहको ४७ अंकले, विकास बैंक समूहको १२ अंकले, बीमा सहूको ६१ अंकले र वित्त कम्पनी समूहको सूचक ५ अंकले घटेको हो ।
यो दिन १ सय २८ कम्पनीका ९ लाख २४ हजार कित्ता सेयर २८ करोड ३४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?