News Summary
Generated by OK AI. Editorially reviewed.- स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
- आफ्नो एकेडेमीका निश्चल थापा र सुरम्या शाक्यलाई सम्मान गरेको हो ।
- निश्चल र सुरम्यालाई नगद, स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
५ बैशाख, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस चाम्पियनसिपमा पदक जित्ने आफ्ना दुई खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका निश्चल थापा र सुरम्या शाक्यले सो प्रतियोगितामा नेपालको प्रतिनधित्व गर्दै पदक जितेका थिए ।
अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, एसियाली टेबलटेनिस युनियनका उपाध्यक्ष शंकर गौतमलगायतले निश्चल र सुरम्यालाई नगद, हुवाईको स्मार्ट वाच र प्रमाणपत्रसहित सम्मान गरे । सोही अवसरमा प्रशिक्षक राकेश महर्जनलाई पनि सम्मानित गरियो ।
यसैगरी केही समयअघि इन्टरटेनमेन्ट टेबलटेनस प्रतियोगिता प्रायोजन गर्ने मेटल सेफर्सका अध्यक्ष निम जोशीलाई पनि सम्मान गरिएको थियो ।
भारतको सिमलामा यही अप्रिल ८ देखि ११ सम्म भएको प्रतियोगितामा नेपालले यु-१५ महिला र पुरुष तथा यु-१९ महिला डबल्समा सहभागिता जनाएका थिए । जसमा नेपालले कूल तीन रजत र सात कांस्य पदक प्राप्त गरेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका खेलाडीहरु निश्चलले यु-१५ ब्वाइज डबल्समा एक रजत र यु-१५ ब्वाइज टिममा एक कांस्य जितेका थिए । सुरम्याले यु-१५ गर्ल्स डबल्समा एक रजत र यु-१५ गर्ल्स टिममा एक कांस्य हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल, आयोजक भारत, बंगलादेश, श्रीलका र माल्दिभ्सले सहभागिता जनाएको थियो ।
स्ट्याग च्याम्पियन्स लगातार ९ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।
प्रतिक्रिया 4