News Summary
Generated by OK AI. Editorially reviewed.- सनराइजर्स हैदारबादले आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो जित हासिल गरेको छ ।
- हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाएको थियो ।
- हैदराबादका इशान मलिंगाले ४ ओभरमा ३ विकेट लिए भने अभिषेक शर्माले २२ बलमा ५९ रन बनाए ।
५ वैशाख, काठमाडौं । सनराइजर्स हैदारबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेको हो ।
हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले पूरा २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । म्याट शर्टले सर्वाधिक ३४ रन बनाए भने आयुष म्हात्रेले ३० रन बनाए ।
सरफराज खानले २५ अनि शिवम दुबेले २१ रन बनाए । कप्तान रुतुराज जागक्वाडले १९, जेमी ओभरटनले १६ अनि अंशुल कम्बोजले अविजित १३ रन बनाए ।
हैरदाबादका लागि इशान मलिंगाले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । नितिश रेड्डीले २ तथा शिवांग कुमार, प्रफुल हिंगे र साकिब हुसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन बनाएको थियो । अभिषेक शर्माले २२ बलमा ५९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ६ चौका र ४ छक्का हाने ।
यस्तै हेनरिक क्लासेनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५९ रन बनाए । ट्राभिस हेडले २३ रन बनाए । सलिल अरोराले १३ तथा नितिश रेड्डीले १२ रन बनाए ।
चेन्नईका अंशुल कम्बोज र जेमी ओभरटनले ३-३ विकेट लिए भने मुकेश चौधरीले २ अनि गुर्जपनित सिंहले १ विकेट लिए ।
योसँगै ६ खेलमा तेस्रो जित निकालेको हैदारबाद ६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । ६ खेलमा २ जित मात्र निकालेको चेन्नई ४ अंकका साथ सातौं स्थानमा छ ।
प्रतिक्रिया 4