News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १-० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग छनोट सम्भावना बलियो बनाएको छ।
- म्याथुस कुन्हाले ४३औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो।
- प्रिमियर लिगका शीर्ष ५ क्लब च्याम्पियन्स लिगमा स्वत: छनोट हुनेछन् र युरोपा लिग सेमिफाइनलले पनि छनोटमा प्रभाव पार्नेछ।
६ वैशाख, काठमडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ।
चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा युनाइटेड १-० ले विजयी भएको हो । म्याथुस कुन्हाले ४३औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो ।
जितसँगै तेस्रो स्थानको युनाइटेडको ३३ खेलमा ५८ अंक भएको छ । पराजित चेल्सी ४८ अंकसहित छैटौं स्थानमा छ । प्रिमियर लिगका शीर्ष ५ क्लब च्याम्पियन्स लिगमा स्वत: छनोट हुनेछन् ।
शीर्ष ५ भित्र नपरेको क्लबले युरोपा लिग वा च्याम्पियन्स लिग फुटबल जितेमा छैटौंदेखि सातौं क्लबको पनि सम्भावना रहन्छ । यो सिजन भने ६ क्लबसम्मको सम्भावना छ ।
युरोपा लिगको सेमिफाइनलमा एस्टन भिल्ला र नटिङहम फरेस्ट खेल्नेछन् । तीमध्ये एक टोली फाइनल पुगेर उपाधि जितेमा छनोट हुनेछन् ।
भिल्ला हाल प्रिमियर लिगको शीर्ष ५ भित्रै छ । त्यसकारण समिकरण युरोपा लिग सेमिफाइनल र प्रिमियर लिगका केही खेलहरूपछि थप स्पष्ट हुनेछ ।
प्रिमियर लिगकै गएरातिका अन्य खेलमा टोटनहम र ब्राइटनले २-२ को बराबरी खेल्दा लिड्सले वुल्भ्सलाई ३-० ले पराजित गर्यो भने बर्नमाउथले न्युकासललाई २-१ ले हरायो ।
ब्रेन्टफोर्ड र फुलहमले गोलरहित बराबरी खेले ।
प्रतिक्रिया 4