+
+
Shares

विष्णुमती खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १३:११

६ वैशाख, काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली विष्णुमती खोला किनारमा फेला परेको छ ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

बरामद पेस्तोल टाइप-५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो । ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?