News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक ६ वैशाख सोमबार बस्नेछ र ९ वटा एजेन्डामा छलफल हुनेछ।
- बैठकमा पार्टी गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, महाधिवेशन कार्यविधि र विधान संशोधनबारे छलफल हुनेछ।
- प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा पनि बैठकमा निर्णय गरिनेछ।
६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठकका लागि ९ वटा एजेन्डा तय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार सोमबारको बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ । यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ ।
त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा छलफल हुँदैछ । रास्वपाले विविध शिर्षमा तीन वटा प्रस्तावमा छलफल हुने बताएको छ । विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा, विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे निर्देशन र संशदीय दलको विधान संशोधनबारे उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4