+
+
Shares

इतिहास मेटाउन होइन, डिजिटल रूपमा सुरक्षित बनाउन खोज्दैछौं : महामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:४२

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरू इतिहास मेटाउन नभइ डिजिटल रूपमा सुरक्षित गर्न खोजिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने प्रक्रियासँग तुलना गरे ।

साथै, पार्टीका सदस्यहरूलाई जिम्मेवार र सपथ गराएर थप प्रतिबद्ध बनाइने उनको भनाइ छ ।

‘हामी इतिहास मेटाउन होइन, बरु आगोले नपोल्ने र पानीले नबगाउने ढंगबाट डिजिटल रूपमा सुरक्षित गर्न खोज्दैछौं,’ उनले भने, ‘कसले कहिले सदस्यता लियो, कति जेल बस्यो र पार्टीमा के योगदान दियो भन्नेकुरा अब झोलामा होइन, डिजिटल प्रणालीमा फोटोसहित सुरक्षित रहनेछ ।’

पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद अदालत र निर्वाचन आयोगबाट समाधान भइसकेको उल्लेख गर्दै उनले अब ‘जित र हार’ को अहंकार त्याग्न आग्रह गरे ।

आगामी असोज १६ देखि १९ सम्म तोकिएको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो अर्जुन दृष्टि अब १५औँ महाधिवेशन हो । हामी अधिकतम लचकता अपनाएर सबैलाई समेट्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?