News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- कांग्रेस प्रवक्ता देवराज चालिसेले सरकारको निर्णयलाई जनविरोधी, अव्यवहारिक र असंवेदनशील भनेका छन्।
- कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा अतिरिक्त शुल्कले गरिबी संस्थागत हुने भन्दै सरकारसँग पाँच माग गरेको छ।
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस नोट जारी गर्दै जनविरोधी, अव्यवहारिक र असंवेदनशील काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र होइन, वर्तमान आर्थिक संकटका बीच जनताको ढाड सेक्ने अर्को बोझ हो,’ उनले भनेका छन्, ‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन् । विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।’
पेट्रोलिमय पदार्थको मूल्य उच्च वृद्धि भइरहेको समयमा २/३ सय रुपैयाँको खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्रै नभई गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम भएको कांग्रसको आरोप छ ।
कांग्रेसले सरकारसँग ५ वटा माग गरेको छ ।
यस्तो छ कांग्रेसको प्रेस नोट

प्रतिक्रिया 4