+

महिला हक्की टोलीको बिदाइ

२०८३ वैशाख  ६ गते १९:२८ २०८३ वैशाख ६ गते १९:२८
महिला हक्की टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय महिला हक्की टोलीलाई भारतमा हुने इन्डो-नेपाल सिनियर महिला हक्की प्रतियोगितामा सहभागी हुन विदाई गरिएको छ ।
  • राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिएका छन् ।
  • महिला हक्की टोली ३१ वर्षपछि विदेशमा प्रशिक्षण र प्रतियोगिताका लागि गएको हो ।

६ वैशाख, काठमाडौं । भारतमा हुने इन्डो-नेपाल सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल हक्की संघले आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव राम चरित्र मेहताले बिदाइ गरे ।

राखेप सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । उनले खेलाडीहरुफाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

नेपाफ हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको बताइन् । नेपाली टोली आइतबारै भारत प्रस्थान गरेको छ ।

नेपालले सुरुमा एक हप्ता प्रशिक्षण गर्ने र त्यसपछि त्यहाँ प्रतियोगिता खेल्ने महासचिव श्रेष्ठले बताईन् ।

अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् ।

यस्तै मुख्य प्रशिक्षकमा अश्विनी कुमार अधिकारी र सहायक प्रशिक्षकमा रविन्द्र सिंह छन् । कान्तुराम पनेरु व्यवस्थापक र हित गुरुझ टिम लिडरमा छन् ।

विदाई कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मा र महासचिव तथा राखेप कार्यकारी सदस्य समेत रहेकी सुवर्ण श्रेष्ठ लगनयतको उपस्थिती थियो ।

नेपाल हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय