News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ।
- सिटीका लागि रियान चेर्की र एर्लिङ हालान्डले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले गोल फर्काए।
- सिटीले बर्नलीविरुद्धको खेल दुई गोलले जितेमा शीर्षस्थानमा उक्लिन सक्छ।
६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । आइतबार रातिको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ ।
घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा एर्लिङ हालान्डले ६५औं मिनेटमा निर्णायक गोल गरे । त्यसपछि कुनै गोल हुन सकेन र आर्सनलले अंकदूरी बढाउने अवसर गुमाएको हो ।
आर्सनलले जित हासिल गरेको भए आर्सनल ९ अंकले अगाडि पुग्ने थियो । हाल सिटीको ३२ खेलबाट ६७ अंक पुगेको छ भने आर्सनलको ३३ खेलबाट ७० अंक छ ।
डबल गेमविकमा खेलिरहेको सिटीले अब बर्नलीविरुद्धको खेल दुई गोलको अन्तरले जितेमा शीर्षस्थानमा उक्लिन सक्छ ।
प्रतिक्रिया 4