+

घरेलु मैदानमा एकदिवसीय खेल्ने नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा

२०८३ वैशाख  ७ गते ११:५३ २०८३ वैशाख ७ गते ११:५३
घरेलु मैदानमा एकदिवसीय खेल्ने नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरेलु मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेल खेल्ने नेपाल ए को ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ ।
  • नेपाल ए टोलीले मुलपानी क्रिकेट मैदानमा अप्रिल २२ र २४ मा ओमान, मे ६ र ९ मा स्कटल्यान्ड र मे ७ र ११ मा अमेरिकासँग दुई–दुई खेल खेल्नेछ ।
  • नेपाल ए टोलीमा अरनिको यादव, प्रकाश जैशी, नारायण जोशी, बिपिन खत्रीलगायत समावेश छन्।

७ वैशाख, काठमाडौं । घरेलु मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेल खेल्ने नेपाल ए को प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार ३२ खेलाडी समेट्दै प्रारम्भिक टोली सार्वजनिक गरेको हो । नेपालमा हुने लिग २ का आगामी दुई शृंखलाका क्रममा नेपालको ‘ए’ टोलीले पनि खेल्ने तय भएको थियो ।

पीएम कपमा गरेको प्रदर्शनका आधारका ए टिम तयार गरिएको छ । अरनिको यादव, प्रकाश जैशी, नारायण जोशी, बिपिन खत्रीलगायतका खेलाडी प्रारम्भिक टोलीमा समावेश छन् ।

सिनियर टोलीमा रहेका हेमन्त धामी, सन्तोष यादव, शेर मल्ल, कुशल मल्ल, सन्दीप जोरालगायतका खेलाडी पनि समावेश छन् । प्रशिक्षकमा राजु बस्न्यात अनि सहायक प्रशिक्षकमा प्रकाश शर्मा छन् ।

क्यानले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नेपाल ‘ए’ ले तीनै टोलीसँग दुई–दुई खेल खेल्ने छ ।

तालिका अनुसार नेपाल ‘ए’ ले पहिलो दुई खेल ओमानसँग अप्रिल २२ र २४ मा खेल्नेछ। त्यसपछि मे ६ र ९ मा स्कटल्यान्ड तथा मे ७ र ११ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल ‘ए’ ले पछिल्लोपटक गत वर्ष भारतमा गएर आसामसँग टी-२० शृंखला खेलेको थियो ।

नेपाल ए प्रारम्भिक टोली : तृत राज दास, देव खनाल, शंकर राना, इशान पाण्डे, अरनिको यादव, विवेक राना मगर, अनिल कुमार साह, अर्जुन घर्ती मगर, नारायण जोशी, राशिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रतिश जिसी, कुशल मल्ल, युवराज खत्री, बिपिन खत्री, दिपेश कँडेल, शेर मल्ल, रुपेश सिंह, शुभ कंसाकार, पवन सर्राफ, सागर ढकाल, दीपक डुम्रे, शाहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव, अभिशेष गौतम

नेपाल ‘ए’ क्रिकेट टोली नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय