News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर खुमलटारमा १४औं राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला सुरु भएको छ।
- कार्यशालाको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले गरे।
- कार्यशालामा ६७ कार्यपत्र प्रस्तुत गरिने र तीन दिनसम्म चल्ने जानकारी दिइएको छ।
७ वैशाख, काठमाडौं । ललितपुर खुमलटारमा १४औं राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला सुरु भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आयोजना गरेको कार्यशाला उद्घाटन कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले गरे ।
डा. तिम्सिनाले समयको माग अनुसार पशुपालन प्रविधि र स्रोतको भरपूर उपयोग गर्नुपर्ने बताए । अनुसन्धान र प्रविधि विस्तारका लागि सबै संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
परिषद्ले हाल प्रतिफल लक्षित रणनीति र योजना तयार गरिरहेको जानकारी उनले दिए । डा. तिम्सिनाका अनुसार आगामी वर्षदेखि प्रत्येक प्रदेशका १० पालिकामा अनुसन्धान सहकार्य विस्तार गरिने छ । कृषि प्रविधि अपनाउने कृषकले सहुलियतपूर्ण ऋण पाउने व्यवस्था भएको उनले बताए ।
जलवायुमैत्री प्रविधि, रोग रोकथाम र पशुपालनलाई उद्योगसँग जोड्नुपर्नेमा उनको जोड छ ।
त्यस्तै हेफर इन्टरनेसनलल नेपालका निर्देशक डा. केशव साहले परिषद्सँगको सहकार्य फलदायी रहेको बताए । हेफरले ५० जिल्लाका ५ लाख किसानसँग उद्यमशीलता विकासमा काम गरिरहेको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी निर्देशक डा. मनोहरा खड्काले खाद्य प्रणाली सबल बनाउन जलस्रोत उपयोगमा सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यशालामा डा. निना गोरखाली, भारतका डा. सउमेन नस्कर, डा. विष्णुराज उप्रेती र क्यानाडाका डा. द्रोणप्रकाश रसालीले मुख्य प्रस्तुति दिए । उनीहरूले पशुपन्छी अनुसन्धान, लैंगिक पृथकीकरण र नीतिगत मार्गचित्रबारे चर्चा गरे ।
यस्तै प्रा. डा. नवराज देवकोटा, डा. चेतराज उप्रेती र बंगलादेशका डा. मन्जुरुल करिमले पशु आहारा र दिगो मत्स्यपालनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यशालामा विभिन्न सरकारी, अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालयका प्रतिनिधि र वैज्ञानिकहरूको सहभागिता छ ।
तीन दिनसम्म चल्ने कार्यशालामा पशु र मत्स्य क्षेत्रका ६७ कार्यपत्र प्रस्तुत गरिनेछन् ।
प्रतिक्रिया 4