News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विमानस्थलहरूमा अत्यधिक पार्किङ शुल्कको गुनासोपछि तीन दिनभित्र संशोधन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन भएको हो।
- विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीले पार्किङ शुल्क अत्यधिक भएको गुनासो गरेका थिए।
७ वैशाख, काठमाडौं । नेपालका विमानस्थलहरू (अन्तर्राष्ट्रिय/आन्तरिक) मा सवारी साधन बिसान (पार्किङ) शुल्क अत्यधिक महँगो भएको गुनासो आएपछि सरकारले संशोधनको तयारी थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुल्क तीन दिन भित्र संशोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीले विमानस्थलहरूमा अत्यधिक पार्किङ शुल्क असुल गर्ने गरेको गुनासो गरेसँगै सरकारले पुनरावलोकनको तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4