+
+
WC Series
Nepal
122/8 (18.5)
VS
८६ बलमा ७९ रन आवश्यक
UAE
44/3 (5.4)
Shares

दोब्बर बढ्यो आलु र प्याज आयात

साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड बराबरको ४ लाख ३४ हजार ३ सय ५८ टन आलु र प्याज आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा आलु र प्याज आयात ४ लाख ३४ हजार ३ सय ५८ टन पुगेको छ।
  • आलु आयात ५३ हजार टनले बढेर २ लाख ९२ हजार ९ सय ३५ टन पुगेको छ भने प्याज आयात झन्डै दोब्बर वृद्धि भई १ लाख ४१ हजार ४ सय २२ टन पुगेको छ।
  • आलु र प्याज आयातबाट राजस्व संकलन यस वर्ष क्रमशः ७० करोड २१ लाख ५४ हजार र ५२ करोड २० लाख ३६ हजार रुपैयाँमात्र भएको छ।

७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा आलु र प्याज आयात उच्च वृद्धि भएको छ ।

साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको ४ लाख ३४ हजार ३ सय ५८ टन आलु र प्याज आयात भएको छ ।

गत आव २०८१/८२ सोही अवधिमा ९ अर्ब १५ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबर ३ लाख १२ हजार ९ सय ३ टन आलु र प्याज भित्रिएको थियो ।

गत वर्ष आलु र प्याज आयातबाट १ अर्ब ७४ करोड ९७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष १ अर्ब २२ करोड ४१ लाख संकलन भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्ष ९ महिनामा ७ अर्ब ८ करोड ११ लाख ६५ हजार बराबर २ लाख ९२ हजार ९ सय ३५ टन आलु आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ६ अर्ब २ करोड ९१ लाख ३६ हजार  बराबरको २ लाख ३९ हजार ५ सय ५७ टन आलु आयात भएको थियो । यसरी आलु आयात परिमाण ५३ हजार टनभन्दा धेरैले बढेको छ ।

गत वर्ष आलु आयातबाट सरकारले १ अर्ब १५ करोड ४० लाख ४६ हजार बराबर राजस्व संकलन गरेकोमा यस वर्ष ७० करोड २१ लाख ५४ हजार संकलन गरेको छ ।

यसैगरी प्याज आयात पनि ह्वात्तै बढेको छ । गत वर्ष ९ महिनामा ७३ हजार ३ सय ४५ टन प्याज आयात भएकोमा चालु वर्ष झन्डै दोब्बरले वृद्धि भई १ लाख ४१ हजार ४ सय २२ टन पुगेको छ ।

यसका लागि गत वर्ष ३ अर्ब १२ करोड ८९ लाख रुपैयाँ बाहिरिएकोमा यस वर्ष ५ अर्ब ७९ करोड ६४ लाख ७५ हजार रुपैयाँ विदेशिएको छ ।

गत वर्ष प्याज आयातबाट ५९ करोड ५७ लाख १५ हजार रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ५२ करोड २० लाख ३६ हजार रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?