+
+
Shares

नेपालीको स्मार्टफोन मोह : ९ महिनामा भित्रियो ३४ अर्बको मोबाइल

स्मार्टफोन आयातमा आएको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात गत वर्षको तुलनामा ८९ हजार २ सय ९३ थानले वृद्धि भई १६ लाख ७४ हजार २ सय ४९ थान पुगेको छ।
  • चालु आव ९ महिनामा चीनबाट १४ लाख १० हजार ९ सय ३५ थान र भारतबाट २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन आयात भएको छ।
  • सरकारले चालु आव ९ महिनामा मोबाइल आयातबाट ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

७ वैशाख, काठमाडौं । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ ।

यस अवधिमा गत आव सोही अवधिभन्दा ८९ हजार २ सय ९३ थान बढी स्मार्टफोन नेपाल भित्रिएका छन् ।

विभागको तथ्यांक अनुसार चालु आव ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ । जबकि, गत आव सोही अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार बराबरका १५ लाख ८४ हजार ९ सय ५६ थानमात्र मोबाइल भित्रिएका थिए ।

चालु आव चैतमा मात्रै पनि ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्चिएर १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन भिर्त्याइएको थियो ।

नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको छ । चालु आव चीनबाट मात्रै २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९सय ३५ थान स्मार्टफोन आयात भएको छ ।

गत वर्ष सोही अवधिमा चीनबाट १७ अर्ब २६ करोड बराबरका १२ लाख ४७ हजार ५ सय ५८ थान मोबाइल आएका थिए ।

चीनपछि नेपालमा धेरै मोबाइल भारतबाट आउने गरेका छन् । यस अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार  बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन भित्रिएका छन् ।

स्मार्टफोन आयातमा आएको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ । चालु आव ९ महिनामा मोबाइल आयातबाट मात्रै सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार बराबर राजस्व संकलन गर्न सफल भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा भने यस शीर्षकबाट ४ अर्ब ७३ करोड १५ लाख ८७ हजारमात्र राजस्व उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?