+

अल्काराज र साबालेन्कालाई लाउरेस अवार्ड

२०८३ वैशाख  ८ गते १३:२९ २०८३ वैशाख ८ गते १३:२९
अल्काराज र साबालेन्कालाई लाउरेस अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका टेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन र यूएस ओपन जितेर लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
  • बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्काले २०२५ मा यूएस ओपन उपाधि जोगाउँदै वर्षकी उत्कृष्ट खेलाडी अवार्ड जितिन्।
  • पेरिस सेन्ट–जर्मनलाई वर्षको उत्कृष्ट टिम घोषित गरिएको छ भने ल्याण्डो नोरिस र रोरी म्याकइलरोयले विशेष अवार्ड प्राप्त गरेका छन्।

८ वैशाख, काठमाडौं । विश्व खेलकुद क्षेत्रमा प्रतिष्ठित मानिने लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा स्पेनका टेनिस स्टार कार्लोस अल्कारेज र बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्का वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

२२ वर्षका अल्काराजले फ्रेन्च ओपन र यूएस ओपन जित्दै विश्व नम्बर वान स्थान पुनः कब्जा गरेपछि उक्त अवार्ड जितेका हुन् । उनले यो उपलब्धिलाई आफ्नो लागि ठूलो सम्मान भएको बताएका छन् ।

त्यस्तै, सबालेन्काले २०२५ भर उत्कृष्ट प्रदर्शन गर्दै यूएस ओपन उपाधि जोगाएपछि उक्त अवार्ड हात पारिन् । उनले यो जित केवल सफलता मात्र नभई कठिन परिश्रम, दबाब र दैनिक संघर्षको प्रतिफल भएको प्रतिक्रिया दिइन् ।

यसैबीच, पेरिस सेन्ट–जर्मनलाई वर्षको उत्कृष्ट टिम घोषित गरियो भने ल्याण्डो नोरिसले ‘ब्रेकथ्रु अफ द इयर’ र गल्फ खेलाडी रोरी म्याकइलरोयले ‘कमब्याक अफ द इयर’ अवार्ड हात पारे ।

लामिन यमालसहित उदीयमान खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्लोस अल्कारेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय