News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रै दिनुपर्ने नियम प्रतिनिधिसभा नियमावलीको नियम १५ मा उल्लेख छ।
- शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयको जवाफ सात दिनभित्रै सम्बन्धित मन्त्रीले सदनमा दिनुपर्ने व्यवस्था छ।
- सभामुखले सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा आकस्मिक समय उपलब्ध गराउन सक्नेछन्।
८ वैशाख, काठमाडौं । संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने भएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ ।
शून्य र विशेष समयको अलावा अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन् ।
अगाडि भनिएको छ, ‘आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4